上海枫泾古镇正门_20240824上海枫泾古镇正门_20240824

विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छ : गृहमन्त्री लेखक

ललितपुर, असोज २२ – हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन्।

आज ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

सरकार नागरिकको अभिभावक पनि हो, त्यसैलेहामी सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध छौँ, गृहमन्त्री लेखकले भने, पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ। यो समस्यामा कहाँ जाउँला? के गरुँला? कसैले नसोच्नुहोला। सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो। सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्छ। प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ।

गृहमन्त्री लेखकले यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्नुपर्ने बताए। कुनै राजनीति, पक्ष—विपक्ष नभनी तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सबै मिलेर हामीले विपद्पछिको समस्यासमाधान गर्न लाग्नुपर्छ। त्यसमा सरकारले सहजीकरण गरिरहेका छ, उनले भने।

गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रहसमेत गरे। लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरुप रु २५ हजार पठाउछौँ, उनले भने।

रक्षामन्त्री मानवीर राईले विपद्बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नं १ का संघीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्षडोल्मामायाँ गोलेलगायतले यहाँको प्रभावित क्षेत्र, क्षति विवरण, पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकताका बारेमा जानकारी गराएका थिए।

स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली,सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहलगायतको टोली रहेकोथियो।

विपद्को पीडा र पुनर्वासको आवश्यकता

हालैको बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो क्षति पुर्\u200dयाएको छ। यसले घरबार गुमाएका नागरिकहरूकोपुनर्वासका लागि सरकारको तत्परता आवश्यक छ। सरकारले प्रभावित क्षेत्रमा तत्काल राहत र पुनःनिर्माणका लागि आवश्यक कदम चाल्नु जरुरी छ।

सबैको सहयोग आवश्यक

विपद्कोसमयमा सबैको सहयोग आवश्यक छ। सरकारले प्रभावित नागरिकहरूको पुनर्वासका लागि आवश्यक व्यवस्था गर्नुका साथै, नागरिक समाज, गैरसरकारी संस्था र विभिन्न संघसंस्थाहरूले पनि सहयोग गर्नुपर्छ।सबै मिलेर काम गर्दा विपद्को क्षति कम गर्न र प्रभावित नागरिकहरूलाई सहयोग गर्न सकिन्छ।

स्रोत:

  • कान्तिपुर समाचार


>>> Read more <<<

Views: 0

发表回复

您的邮箱地址不会被公开。 必填项已用 * 标注